२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

शनिबार एमाले रुपन्देहीको चियापान



बुटवल । देशैभरका जिल्लाहरुमा शुभकामना सहित चियापान आयोजना गर्ने एमाले केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा भोली शनिबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा कात्तिक १८ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत १५ गते काठमाडोंमा चियापान गरेको एमालेले रुपन्देही जिल्ला कमिटीको आयोजनामा जिल्लामा पहिलोपटक चियापान कार्यक्रमको आयोजना गर्न थालेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

२०५२ सालबाट एकालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई एमाले केन्द्रले निरन्तरता दिँदै आएकोमा यसवर्ष देखि जिल्ला जिल्लामा पनि आयोजना गर्न सुरु गरिउको एमालेले जनाएको छ । एमाले उपाध्यक्ष एवम रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यस जिल्लामा क्रियाशील सवै पार्टीका नेता, कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायतलाई आमन्त्रण गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

चियापान कार्यक्रम एमालेको लुम्बिनी प्रदेश कार्यालय बुटवल सुख्खानगर परिसरमा दिएँसो १ बजेबाट ५ बजे सम्म हुने अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ५७ बजे

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा