९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

एमालेको सहमति विपरित कोशी प्रदेश सरकारमा २ मन्त्री थप



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्। शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्।

कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाएका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

नयाँ मन्त्री नियुक्ति गरेलगत्तै प्रतिक्रिया दिँदै कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास स्वरुप मन्त्री नियुक्त गरेको बताएका छन्। आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको उनले बताए ।

विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गर्दै र पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।

नयाँ मन्त्रीको नियुक्ति भने कार्कीले एमालेको समर्थन विपरीत गरेका हुन् । २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

आफूहरुको सहमति विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै नेकपा एमालेले असन्तुष्टी जनाएको छ । नयाँ मन्त्रीको शपथग्रहणमा एमाले मन्त्री सहभागी समेत भएनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ४० बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।