१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एमालेको सहमति विपरित कोशी प्रदेश सरकारमा २ मन्त्री थप



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्। शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्।

कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाएका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

नयाँ मन्त्री नियुक्ति गरेलगत्तै प्रतिक्रिया दिँदै कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास स्वरुप मन्त्री नियुक्त गरेको बताएका छन्। आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको उनले बताए ।

विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गर्दै र पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।

नयाँ मन्त्रीको नियुक्ति भने कार्कीले एमालेको समर्थन विपरीत गरेका हुन् । २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

आफूहरुको सहमति विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै नेकपा एमालेले असन्तुष्टी जनाएको छ । नयाँ मन्त्रीको शपथग्रहणमा एमाले मन्त्री सहभागी समेत भएनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ४० बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई