२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, आज पनि विद्यालय बन्द



नयाँ दिल्ली । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ ।

दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ । जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ कि अहिले डाक्टरहरुले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेषगरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरुलाई बढी सजग रहन अपिल गरिएको छ ।

विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ । जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो संख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो संख्या १० बजे सम्म ४२२ मा पुग्याे ।

जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्शियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज पनि बन्द रहने भएका छन् । यससँगै निर्माणकाे काममा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ४१ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै