२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एमाले रुपन्देहीको चियापान स्थगित



बुटवल । नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ । गयराती गएको भूकम्पबाट ठुलो जनधनको क्षति भएको घटनालाई मध्यनजर गर्दै पूर्वनिर्धारित चियापान कार्यक्रम स्थगित गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ती जारी गर्दै शोकको यस घडीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तीमा भुकम्पमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै विज्ञप्तीमा भूकम्पमा परेर घाइते भएकाहरुको प्रभावकारी उद्धार र राहतका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ४७ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा