६ पुस २०८२, आइतबार | December 22, 2025

रुपन्देहीका २२ वर्षीय युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु



बुटवल । रुपन्देहीका २२ वर्षीय युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ का बिमल आचार्यको मंगलबार बिहान तिनाउ गाउँपालिका(३ भुतखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए । भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ ।

डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो । दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवलदेखि ६ किलोमिटर दुरीमा रहेको भुतखोलामा घुम्न जाने कैयौं युवाहरूको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ४ : ४८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको