२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

रुपन्देहीका २२ वर्षीय युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु



बुटवल । रुपन्देहीका २२ वर्षीय युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ का बिमल आचार्यको मंगलबार बिहान तिनाउ गाउँपालिका(३ भुतखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए । भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ ।

डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो । दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवलदेखि ६ किलोमिटर दुरीमा रहेको भुतखोलामा घुम्न जाने कैयौं युवाहरूको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ४ : ४८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य