६ पुस २०८२, आइतबार | December 22, 2025

होटल तथा रेष्टुरेन्ट व्यवसायीको रक्तदान



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा मंगलबार बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

एक समारोहका बिच होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै देशमा विभिन्न महामारीकै कारण आर्थिक, मानसिक पीडा भोग्नुपरेको बेला पनि सामाजिक कार्यमा आफुहरु संस्थागत रुपमा अघि बढेको बताए ।

शरिरमा ३ महिनामा खेर जाने रक्तदान दान गरेर अरुको जीवन बचाउन सकिने हुदा पनि नियमित रक्तदान गर्नु महान काम भएको उनले बताए । कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले चाडपर्व लक्षित रक्तदान कार्यक्रम गरेको बताए । रक्तदान कार्यक्रम गरि थोरै भएपनि सहयोग हुने उनले बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई, संस्थाका सल्लाहकार चिरञ्जीवी शर्मा, नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिका केन्द्रीय सदस्य बुद्धि ज्ञवाली, संघका महासचिव अर्जुन थापाले रक्तदान अभियानलाई सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको संयोजक केशवराज पाण्डेले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : २१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको