२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लागू औषधसहित ८ जना पक्राउ



काठमाडौ‌ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौंको महानगरपालिका १४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६ सय एम्पुल, चक्कु २ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद ५७ हजार ६ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका ११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय राम चन्द्र चमार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरीको दुहबी नगरपालिका(८ कदमगाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३१ केजीसहित धनकुटा सहिद भूमि गाउँपालिका ७ बस्ने २१ वर्षीय अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्रदेश १०२०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को१ ह ८४७८ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइतेलाई उपचारको लागि दुहबी जिबन ज्योति हस्पिटल पठाई दुवै सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक अनिश तामाङको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका ६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका(१० बस्ने २६ वर्षीय सुवर्ण कुमार बोहरा र कञ्चनपुर भिमदत्त नगरपालिका १८ बस्ने २३ वर्षीय अनिल श्रीपाली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरी राखेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सुवर्ण कुमारले आफूसँग लुकाइ राखेको प्लास्टिकको पोका खादा बेहोस भएकोमा तत्काल उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगि खाएको प्लास्टिकको पोका निकाली तौल गर्दा उक्त परिमाणको पदार्थ बरामद भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : २३ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज