२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते, कुरुवा र स्वास्थ्यकर्मीलाई नि-शुल्क खाना



नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत नि-शुल्क खानाको ब्यवस्था गरिएको हो ।

भूकम्प पछि अस्पतालमा घाइते भर्ना भएयता ६३८ जनाले नि-शुल्क खानाको सेवा उपभोग गरेको रसोइघरका संचालक जितेन्द्र कुमार सिंहले जानकारी दिए । अहिले सम्ममा रसोइलाई १ हजार ३० छाक खानाको सहयोग प्राप्त भइसकेको उनले जनाए । बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र स्थानीय ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएको आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठले जानकारी दिए ।

रसोइघरले प्रति छाक ४०का दरले लगातार भेरी अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तलाई खानाको ब्यवस्थापन गर्दै आएको छ । खाना ब्यवस्थापनमा नेपालगन्जमा स्थानीय युवाहरुले स्वयमसेवकको भूमिका निभाइरहेका छन् ।

खानाका दाताहरुले अस्पताल बिकास समिति अध्यक्ष बिरेन्द्र शाह मार्फत अन्जनी माता रसोइका ब्यबस्थापक सिंहलाई सहयोग राशी हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमको हरित अभियन्ता हेमन्त राज काफ्लेले सहजिकरण गरेका थिए ।

दाताहरुलाई आपतकालीन कार्यसन्चालन केन्द्र बाँकेले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : २१ बजे

दीपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत १११ खर्ब रुपैयाँ लाग्ने

काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय