१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

आजको मौसम : हिमाली भू-भागका हिमपातको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी  प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : १० बजे

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार