१४ पुस २०८२, सोमबार | December 29, 2025

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरामा आउँदै



काठमाडौं । भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ । चीन सरकारले भूकम्प पीडितलाई दिने राहत सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नेछन् ।

चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएको छ ।

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ३२ बजे

राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न

युवाहरुलाई प्रचण्डको आग्रह – शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची