२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितका लागि २५ लाखकाे चेक प्रधानमन्त्रीलाई बुझायाे



लुम्बिनी । भूकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखकाे चेक हस्तान्तरण गरेकाे छ । बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले २५ लाखकाे चेक हस्तान्तरण गरेका हुन ।

कोषका तर्फबाट भुकम्प प्रभावितहरुलाई तत्काल राहातका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेकाे उपाध्यक्ष डा. लामाले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्रालय अन्तर्गत रहेका काेष सहित पशुपति क्षेत्र विकास काेष, नेपाल वायु सेवा निगम, पर्यटन बाेर्डबाट प्राप्त सहयाेग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकाे मन्त्रालयले जनाएकाे छ । लुम्बिनी विकास काेषले सचिवालय बैठक मार्फत भूकम्प प्रभावितहरूलाइ राहत लागि सहयाेग गर्ने निर्णय गरेकाे थियाे ।

कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ०६ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज