२६ जेष्ठ २०८१, शनिबार | June 9, 2024

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितका लागि २५ लाखकाे चेक प्रधानमन्त्रीलाई बुझायाे



लुम्बिनी । भूकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखकाे चेक हस्तान्तरण गरेकाे छ । बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले २५ लाखकाे चेक हस्तान्तरण गरेका हुन ।

कोषका तर्फबाट भुकम्प प्रभावितहरुलाई तत्काल राहातका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेकाे उपाध्यक्ष डा. लामाले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्रालय अन्तर्गत रहेका काेष सहित पशुपति क्षेत्र विकास काेष, नेपाल वायु सेवा निगम, पर्यटन बाेर्डबाट प्राप्त सहयाेग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकाे मन्त्रालयले जनाएकाे छ । लुम्बिनी विकास काेषले सचिवालय बैठक मार्फत भूकम्प प्रभावितहरूलाइ राहत लागि सहयाेग गर्ने निर्णय गरेकाे थियाे ।

कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ०६ बजे

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

दाङ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

जसपा नेपालको राष्ट्रिय महाधिवेशनको तयारी पूरा

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको यही जेठ २८

१४ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको १४ औं साधारणसभा सम्पन्न

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको १४औं साधारणसभा तथा अधिवेशन

कर्णाली र लुम्बिनीका प्रदेश प्रमुखबीच भेटघाट

सुर्खेत । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको