२८ माघ २०८२, बुधबार | February 11, 2026

नेप्सेमा सामान्य अङ्कको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३८, होटल तथा पर्यटन समूह शून्य दशमलव ६४, लगानी समूह शून्य दशमलव ४३ र निर्जीवन बीमा समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव १६ र अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ शून्य दशमलव ३५, वित्त शून्य दशमलव ३३, जलविद्युत् शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ५१ र लघुवित्त समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ ।

आजको कारोबारबाट सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा आधारमा आज सबैभन्दा धेरै सोनापुर सिमेन्टको रु पाँच करोड ६१ लाख ४१ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक प्रमोटर शेयर चार लाख २० हजार तीन सय चार कित्ता कारोबार भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ३ : ३९ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि