५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पाल्पाका टिप्परले किचेर १९ वर्षीया युवतीको मृत्यु



पाल्पा । पाल्पामा टिप्परले किचेर एक युवतीको ज्यान गएको छ । निस्दि ७-मोटेखर्क स्थित ज्यामिरे-अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिप्परले किचेर १९ वर्षीया दिल कुमारी आलेको मृत्यु भएको हो ।

भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होड्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोक्किन जाँदा टिप्परबाट हाम फाल्ने क्रममा सोही टिप्परको टायरले किचेर पाल्पा पुर्वखोला २ जल्पाकी आलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिप्परमा चालक सहित ४ जना सवार रहेको तथा सोही टिप्परमा रहेकी २५ वर्षीया हिमाली आले, चालक मकवानपुर मनोहरी-९ का अन्जन सुनार, सह-चालक आशिष सुनाए घाइते भएका छन् । घाइतेहरुको  नवलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ४० बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०