७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पाल्पाका टिप्परले किचेर १९ वर्षीया युवतीको मृत्यु



पाल्पा । पाल्पामा टिप्परले किचेर एक युवतीको ज्यान गएको छ । निस्दि ७-मोटेखर्क स्थित ज्यामिरे-अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिप्परले किचेर १९ वर्षीया दिल कुमारी आलेको मृत्यु भएको हो ।

भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होड्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोक्किन जाँदा टिप्परबाट हाम फाल्ने क्रममा सोही टिप्परको टायरले किचेर पाल्पा पुर्वखोला २ जल्पाकी आलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिप्परमा चालक सहित ४ जना सवार रहेको तथा सोही टिप्परमा रहेकी २५ वर्षीया हिमाली आले, चालक मकवानपुर मनोहरी-९ का अन्जन सुनार, सह-चालक आशिष सुनाए घाइते भएका छन् । घाइतेहरुको  नवलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ४० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी