१६ मंसिर २०८०, शनिबार | December 2, 2023

नबिल बैंकले दराजसँग सुरु गर्यो इएमआई अभियान



काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ ।

यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।
नबिल बैंकले यस सहकार्य मार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नैै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् ।

ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ । यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई अचभमष्त।कगउउयचत२लबदष्दिबलप।अयm मा आवेदन दिनुपर्नेछ ।

यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतरिक्त लागत विना किस्ता सुविधा पाउने छन् । तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : २२ बजे

मृतकका परिवारलाई सात लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो आम्दा अस्पतालबाट भावनाको शव

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा मृत्यु

मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको उपाधी

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी

काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ ।

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आशंक बदली, अन्य प्रदेशमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ