२८ माघ २०८२, बुधबार | February 11, 2026

एक स्थान सुधार गर्दै तेस्रो बन्न सफल भयो लुम्बिनी प्रादेशिक अस्पताल



बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

गत वर्ष यो अस्पताल लुम्बिनी प्रदेशमा चौथो हुन सफल भएको थियो । अस्पतालमा ३ दिनदेखि जारी कार्यशालाको समापन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान व्यक्त गरे । विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिँदै उनले थप प्रगतिको कामना गरे । यसैगरी लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद प्रसाद गिरीले अस्पतालाई थप सेवाग्राही समर्पित गराउन आग्रह गरे ।

अस्पतालले पछिल्लो आर्थिक वर्ष ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरंग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षभको भन्दा १५ हजार ७०२ ले बढी हो । अस्पतालमा अघिल्लो आर्थिक वर्ष (२०७८/७९) मा २ लाख ८६ हजार ९९४ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १ लाख २२ हजार ८६४ जनाले सेवा लिएका थिए ।

आकस्मिक कक्षतर्फ पनि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो वर्ष अस्पतालमा ६७ हजार ५६१ जनाले आकस्मिक सेवा लिएका थिए भने त्यस अघिको वर्ष २०७८÷७९ मा ५५ हजार ६२१ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ४४ हजार ८१३ जनाले आकस्मिक कक्षमा सेवा लिएको मेडिकल सुपेरिटेन्डेन थापाले जानकारी दिए ।

यसैगरी अस्पतालले सेवा विस्तारसँगै गत महिनादेखि बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरेको छ । अस्पतालले यसअघिनै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ११ : ५५ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले