४ पुस २०८२, शुक्रबार | December 19, 2025

हमास र इजरायलबीच वार्ता !



न्युर्योक । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिबीच  वार्ता सुरु भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावमा वार्ता गरिरहेको दाबी गरिरहेको जनाएको छ ।

सो समाचार अनुसार एकजनाले जनाएका छन कि पहिलो चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ परेकाहरू समावेश हुन सक्छन् ।

‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो विरामको बदलामा १० देखि २० नागरिक बन्धकहरू रिहाइ गर्नेछ, जसमा इजरायली महिला र बालबालिका र अमेरिकीसहित विदेशीहरूलाई रिहा हुनेछन, ’ टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।

अज्ञात इजरायली अधिकारी तथा अरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, यदि सर्तहरू पूरा भएमा लगभग १ सय जना नागरिकहरूको रिहाई हुन सक्छन् ।

‘इजरायली बन्दीहरूको रिहाइको बदलामा हमासले लडाईमा छोटो समय विराम खोज्नेछ । सोही बेला थप मानवीय सहायता, अस्पतालहरूको लागि इन्धन लैजाने बातावरण बनाउने छ भने इजरायली जेलमा रहेका महिला र बालबालिकाको रिहाइको खोजी गरिरहेको भनिएको छ,’ एक अधिकारीले टाइम्सलाई भने । यद्धपी, इजरायली अधिकारीहरूले आफ्ना बन्दी रिहा गर्नेमा अनिश्चितता व्यक्त गरेका छन् ।

उक्त वार्तामा कतार मुख्य मध्यस्थकर्ता रहेको र वरिष्ठ अमेरिकी अधिकारीहरू पनि संलग्न रहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : २३ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त