८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

हमास र इजरायलबीच वार्ता !



न्युर्योक । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिबीच  वार्ता सुरु भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावमा वार्ता गरिरहेको दाबी गरिरहेको जनाएको छ ।

सो समाचार अनुसार एकजनाले जनाएका छन कि पहिलो चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ परेकाहरू समावेश हुन सक्छन् ।

‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो विरामको बदलामा १० देखि २० नागरिक बन्धकहरू रिहाइ गर्नेछ, जसमा इजरायली महिला र बालबालिका र अमेरिकीसहित विदेशीहरूलाई रिहा हुनेछन, ’ टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।

अज्ञात इजरायली अधिकारी तथा अरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, यदि सर्तहरू पूरा भएमा लगभग १ सय जना नागरिकहरूको रिहाई हुन सक्छन् ।

‘इजरायली बन्दीहरूको रिहाइको बदलामा हमासले लडाईमा छोटो समय विराम खोज्नेछ । सोही बेला थप मानवीय सहायता, अस्पतालहरूको लागि इन्धन लैजाने बातावरण बनाउने छ भने इजरायली जेलमा रहेका महिला र बालबालिकाको रिहाइको खोजी गरिरहेको भनिएको छ,’ एक अधिकारीले टाइम्सलाई भने । यद्धपी, इजरायली अधिकारीहरूले आफ्ना बन्दी रिहा गर्नेमा अनिश्चितता व्यक्त गरेका छन् ।

उक्त वार्तामा कतार मुख्य मध्यस्थकर्ता रहेको र वरिष्ठ अमेरिकी अधिकारीहरू पनि संलग्न रहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : २३ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि