२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

लुम्बिनी प्रदेश अन्तर्गतका १३ वटै अस्पतालमा अध्यक्ष मनोनयन, को कहाँ ?

आम्दा अस्पतालका बोर्ड सदस्य जीवन वझालाई लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष बनाइयो



नेपालगन्ज । आफ्ना कार्यकर्ता भर्ना गर्न असहज भएपछि कार्यान्वयनमा रहेको गठन आदेश खारेज गरेर यस अघिको सरकारले नियुक्त गरेका लुम्बिनी प्रदेश सरकार अन्तर्गतका अस्पताल विकास समित खारेज गरेको प्रदेश सरकारले नयाँ कार्यबिधि बनाएर प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा आफ्ना कार्यकर्ताहरु भर्ना गरेको छ ।

प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालहरुमा कार्यरत अस्पताल विकास समितिहरु खारेज गर्दै प्रदेश सरकारले नयाँ विकास समिति गठन गरेको हो । प्रदेश सरकार गठन भएदेखि नै कार्यान्वयनमा रहेको अस्पताल विकास समिति गठन आदेश खारेज गर्दै गठबन्धन सरकारले १ महिना पहिला मात्र अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गरेको थियो ।

अस्पताल विकास समिति गठन तथा संचालन नियमावली, २०८० को नियम ३ को उपनियम १ को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले प्रदेश अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । कार्यबाहक मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले लुम्विनी प्रदेशका १३ वटा अस्पताल मध्ये माओवादी केन्द्रले ४ र बांकी अस्पताल कांग्रेस लगायत अन्य साना दललाई दिने गरि शुक्रबारको बैठकले अध्यक्ष मनोनयन गरेको मन्त्रालयका एक अधिकारीले बताए । अहिले प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल नीजि कामको शिलसीलामा मुलुक बाहिर छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)का बोर्ड सदस्य समेत रहेका बुटवलका पुराना कपडा ब्यवसायी जीवनप्रसाद वझालाई नियुक्त गरिएको छ । जथाभावी आफ्ना निकटकालागि कर्मचारी नियुक्त गरेर विवादमा परेका अस्पतालका मेसु सुदर्शन थापालाई सहज हुने गरि वझाको मनोनयन भएको अस्पतालका एक कर्मचारीले बताए । बुटवलमा कपडा ब्यवसाय गर्ने वझा सरल स्वभाव र कडाई गर्न नसक्ने स्वभावका भएकाले अस्पतालमा आफु खुसी निर्णय गर्न मेसुलाई सजिलो हुने अस्पताल स्रोतको दाबी छ ।

अस्पतालको पुर्वाधार निर्माण, स्तरवृद्धिमा मेशिन खरिद देखि कर्मचारी नियुक्तीसम्ममा आर्थिक पारदर्शीतामा उठेको बेला वझाको नियुक्तिलाई अर्थपूर्ण हेरिएको छ । प्रदेश सरकारले अस्पतालको स्तरवृद्धि गर्ने भन्दै २५ करोड रुपैयाँ बजेट बिनियोजन गरेर एमआरआई मेशिन खरिद गर्न निर्देशन दिएको लामो समय हुँदा पनि कमिशनमा कुरा नमिलेकै कारण खरिद प्रक्रिया अगाडि नबढेको अस्पतालकै चिकित्सकहरुले बताउने गरेका छन् ।

दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको अस्पतालको अध्यक्षमा माओवादी केन्द्र र बांकी अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेस लगायत अन्य दलका कार्यकर्तालाई भागवण्डा गरिएको छ ।

सरकारले प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखांची अस्पतालमा लिलाधर बस्याल, कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पतालमा डा. अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, पृथ्वीचन्द्र अस्पतालमा दुलारे हरिजन, रुकुम पुर्वमा सुनिल कुमार रोका र तुलसरपिुर अस्पतालमा दीपक शाहलाई अध्यक्षमा मनोनित गरिएको छ । बर्दिया अस्पतालको अध्यक्षको नाम भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

लुम्बिनी प्रादेशिकको अध्यक्ष निजी अस्पतालका संचालक गोबिन्द खनाल र बुटवलका उद्योगी मेहश थैवले लबिङ गरेपनि उनीहरुलाई अर्को एक नियुक्तिको आश्वासन दिइएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : ३९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार