१० असार २०८३, बुधबार | June 25, 2026

पहिलो लुम्बिनी प्रदेश पौडी प्रतियोगिता सम्पन्न



नेपालगन्ज । लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न भएको छ । नेपालगन्ज स्विमिंग क्लबद्धारा शनिवार नेपालगन्ज रंगशालामास्थित पौडी पोखरीमा पहिलो पटक प्रदेश स्तरिय प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको ५० मिटरको खुल्ला पुरुष तर्फको बटरफ्लाईमा नेपालगन्जका अमित रावलले स्वर्ण, दाङका सुवास पाण्डेले रजत र नेपाली सेनाका भुवन बोटेले कास्य पदक प्राप्त गरेका छन् । यस्तै ५० मिटरकै खुल्ला पुरुष फ्रिस्टाइलमा दाङका सुवास पाण्डेले स्वर्ण, नेपाली सेनाका भुवन बोटेले रजत र नेपालगन्जका अमित रावलले कास्य पदक प्राप्त गरे ।

महिलाको ५० मिटर खुल्ला फ्रिस्टाइलमा सुप्रिया रावलले स्वर्ण, डा. महिमा शाहले रजत र जमुना डाँगीले कास्य पदक प्राप्त गरिन् ।

त्यसैगरि १५ वर्ष मुनिका बालिकाको ५० मिटर फ्रिस्टाइलमा जमुना डाँगीले स्वर्ण, संस्कृति अधिकारीले रजत र कश्बी गुरुङले कास्य पदक प्राप्त गरे । यस्तै १४ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा अनमोल केसीले स्वर्ण, श्यामुल सुनारले रजत र उज्वल क्षेत्रीले कास्य पदक प्राप्त गरे ।

१२ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा इभान्सु भट्टराईले स्वर्ण, प्रज्वल रानाले रजत र सिजन थापाले कास्य पदक प्राप्त गरे । १२ वर्षमुनिका बालिकको ५० मिटर फ्रिस्टाइलमा सारिकाले स्वर्ण र आरोशी डिसीले रजत पदक प्राप्त गरिन् ।

सोही प्रकारले १० वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा सुशान्त बोहोराले स्वर्ण, बसन्त थारुले रजत र मनन् शर्माले कास्य पदक जिते भने १० वर्षमुनिका बालिकाको २५ मिटर फ्रिस्टाइलमा सम्बृद्धि न्यौपानेले स्वर्ण र प्रिसेस जिसिले रजत पदक हासिल गरिन् ।

प्रतियोगिता अन्तर्गत ८ वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा संस्कार न्यौपानेले स्वर्ण, सुमित वाग्लेले रजत र रिजन बोहोराले कास्य पदक पाए ।

पदक विजेता खेलाडीहरुलाई नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, नेपालगन्ज स्विमीङ क्लबका अध्यक्ष केशवराज न्यौपाने लगायतले मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगिताको प्रदेश खलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै सदस्य सचिव भट्टराईले नेपालगन्ज रङ्गशालाको ब्यवस्थापनको जिम्मेवारी सम्बन्धमा छिट्टै निर्णय हुने बताए । उनले नेपालगन्जको पौडी पोखरी अन्तरराष्ट्रिय मापदण्डको रहेको उल्लेख गर्दै अव नियमित राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषदले पहल गर्ने आश्वासन दिए । नेपालगन्ज रङ्गशालालाई नियमित संचालनमा ल्याउन प्रदेशबाट योजना बन्दै गरेको जनाउँदै उनले आफ्नो तर्फबाट खेलको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको पनि बताए ।

राज्यले गर्नुपर्ने प्रतियोगिता क्लवले संचालन गरेकोमा आयोजक स्विमिङ क्लवको प्रशंसा गरे ।

२०७६ सालमा नेपालगन्जमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १९ करोडको लागतमा निर्माण गरिएपनि खेल हुन सकेको थिएन । नवौं राष्ट्रिय खेलकुदमा छनोट खेलमा प्रयोग गरिएको सो पौडीपोखरीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।

तस्विरः भगतराम थारु

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : २१ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार