३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

जाजरकोटको रिम्ना गाउँपालिकामा एनआरएनएको स्वास्थ्य शिविर



काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरेको छ ।

एनआरएनएअन्तरर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिवार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार शिविरमा भूकम्पपीडितहरूलाई हुनसक्ने सम्भावित रोगबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्य परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली काठमाण्डौं देखि जाजरकोट पुगेको थियो । टोलीमा डा. भूपेन्द्र प्रकाश मल्ल, डा. नन्द आचार्य, डा. समीक्षा मल्ल लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य शिविरमा आएका भूकम्प पीडितमा प्रमुख रुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका स्वास्थ्य सम्बन्धी समस्याहरु देखिएका थिए । एनआरएन स्वास्थ्य शिविरका प्रमुख डा मल्लले समयमै व्यवस्थापन गर्न नसके श्वासप्रश्वास र पानीजन्य रोगको प्रकोप हुने सम्भावना रहेको जानकारी दिए ।

मानसिक स्वास्थ्यविज्ञ नन्द आचार्यले भूकम्प पीडितमा मानसिक स्वास्थ्य समस्याहरु जस्तै बरबराउने, डराउने, मुर्छा पर्ने, अत्तालिने, डिप्रेसन, निद्रा नलाग्ने, मदिराजन्य पिय पदार्थमा लत बस्न सक्ने खतरा औलाएका छन् । यसअघि स्वास्थ्य समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै स्वास्थ्य सेवा हटलाइनक संचालनमा ल्याएको थियो ।

स्वास्थ्य समितिले भूकम्प पीडितलाई समयमा राहात, उद्धार तथा स्वास्थ्य उपचार गर्न नसके चिसो बढ्दै गएका कारणले निमोनिया, रुघाखोकीको प्रकोपको थप जोखिम रहेको जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञहरुले सो क्षेत्रमा रहेकागर्भवती तथा सुत्केरी महिला जोखिममा रहेको जनाएको छ। भूकम्पका कारणले घर भत्काउँदा तथा अन्य कारणले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका हुन्।

भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र वालवालिकाहरुको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारको लागि सहजीकरण गर्न आवश्यक रहेको संघले जनाएको छ ।

यसअघि एनआरएनए अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिम पुगेको संघको टोलीले भूकम्प पीडितको लागि राहत वितरण गरेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ११ : २१ बजे

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने सिद्धान्तमा टेकेर अघि बढ्ने आइएमईका संस्थापकहरुको प्रतिबद्धता

काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार

सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको

देशको वृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक : प्रदीप ज्ञवाली 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको

बुटवलको मिलनचोकमा खुल्यो प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा

बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको