२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण



काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५औँ जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उनको योगदानलाई स्मरण गरिएको छ ।

लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज विशेष साहित्यिक कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको योगदानलाई स्मरण गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारले महाकविलाई विराट प्रतिभा र मानवतावादी कविका रुपमा मूल्याङ्कन गरेका थिए ।

वरिष्ठ कवि तुलसी दिवसले महाकवि देवकोटाका कालजयी रचनाका कारण मुलुकमा अन्य स्रष्टा जन्मन प्रेरणा मिलेको बताउँदै देवकोटा सबैखालका विचार, समुदाय र क्षेत्रका साझा महाकवि भएको उल्लेख गरे ।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष रामप्रसाद दाहालले महाकवि देवकोटा मानवतावादी कवि भएको बताए ।

“महाकवि देवकोटा मान्छेलाई ईश्वर बनाउन नचाहने र ईश्वरलाई मान्छे बनाउन नचाहने स्रष्टाका रुपमा हुनुुहुन्थ्यो”, उनले भने । दायित्व वाङ्यमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले महाकवि देवकोटालाई स्वच्छन्दतावादी कविका रुपमा चित्रण गरे ।

कार्यक्रममा कविहरु अनिता कोइराला, कृष्ण बाउसे, सन्ध्या पहाडी तथा कलेजका छात्रा कविहरु रेणुका कँडेल, पार्वती भण्डारी, निकिसा श्रेष्ठ र सुस्मिता कोइरालाले महाकवि देवकोटासम्बन्धी कविता वाचन गरेका थिए । साहित्यिक क्षेत्रमा योगदान दिएबापत सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपेन्द्रराज शर्मा काफ्लेको कवितासङ्ग्रह ‘मनकामना’ को लोकार्पण गरिएको थियो । सो अवसरमा कलेजका छात्रा इशा गोतामे, काशिका रायलगायतले तिहार पर्व झल्काउने मौलिक सांस्कृतिक भैलो प्रदर्शन गरेका थिए ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँ नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा सशक्तरुपमा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  २ : १० बजे

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको