१० श्रावण २०८३, आइतबार | July 26, 2026

टिकटकरको पक्षमा उभिए गगन र विश्वप्रकाश



काठमाडौं । सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयको सर्वत्र स्वागत भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री द्वयले भने सरकारी निर्णयको बिरोध जनाएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध जनाएका हुन् ।

महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् ।

उनले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका छन् ।

‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’

महामन्त्री थापाले टिकटकलाई अभिब्यक्ति र बैयक्तिक स्वतन्त्रतासँग तुलना गर्दै सरकारको नियत अभिव्यक्ति तथा बैयक्तिक स्वतन्त्रता लाई कुण्ठित गर्ने देखिएको आरोप समेत लगाएका छन् । उनले सरकारले निर्णय सच्याउनु पर्ने उल्लेख गर्दै यसमा किन्तु परन्तु केही पनि नचल्ने पनि बताएका छन् ।

कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत शर्माले टिकटकमार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने बताएका छन् । एकरदुई गलत उदाहरण दिएर समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको उनले बताएका छन् ।

उनले एक्समा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै सोधेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने कि जोखिम रहित उपचार खोज्ने ?’

‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट, तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ ियो निर्णय अविलम्ब फिर्ता होस्’ शर्माले भनेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : ५३ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल