९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालगन्जमा नेपाल संवत् ११४४ को स्वागत, र्याली र शुभकामना आदानप्रदान(फोटोफिचर)



नेपालगन्ज । नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदान सहित मोटरसाईकल र्याली निकालिएको छ । बाँकेका क्रियाशिल नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान र मोटरसाइकल र्याली निकालिएको हो ।

स्थानीय गणेशमानचोकबाट सुरु भएको र्याली नेपालगन्जको बिभिन्न चोकहरु सहित प्रसिद्ध बागेश्वरी मन्दिर परिक्रमा पछि भृकुटीनगरमा पुगेर समापन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले उदघाटन गरेर सुरु भएको र्याली नेवाः पुच बाँकेका संस्थापक अध्यक्ष बद्रि प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।

र्यालीमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेश सांसदहरु, प्रशासन र प्रहरी प्रमुख सहित नेवाः समुदायबाट उल्लेख्य उपस्थिती रहेको थियो । नेपालगन्जको नगर परिक्रमामा क्रममा टोलटोलमा स्थानीइले र्यालीको स्वागत गरेको रुट ब्यवस्थापन संयोजक दिपेन्द्र कुमार जोशीले बताए ।

नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र जोशीको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संवत् नेवाः समुदायको मात्र नयाँ वर्ष नभएर सम्पूर्ण नेपालीहरुको भएको बताए । उनीहरुले नेपालीहरुले गौरव गर्ने एकमात्र पर्व नै नेपाल संवत् भएको दाबी गरे ।


फोटो सौजन्य : रुपक श्रेष्ठ

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : ३६ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत