१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

दक्षिण अफ्रिकालाइ ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

फाइनलमा अस्ट्रेलियाले भारतको सामना गर्ने



काठमाडौं । भारतमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमामा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले १६ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा २१५ रन बनाउँदै पूरा गरेको हो ।

अस्ट्रेलियाका लागि टेभिस हेडले ४८ बलको सामना गर्दै सर्वाधिक ६२ रन जोडे । स्टीवन स्मिथ ३०, डेभिड वार्नर २९, जोस इंग्लिसले २८ रन जोडे । यो विश्वकपमा दोहोरो शतक प्रहार गर्दै चर्चामा रहेका ग्लेन म्याक्सवेल भने दक्षिण अफ्रिका विरुद्ध ५ बलको सामना गर्दै एक रन बनाएर आउट भए ।

भारतको इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई मध्यम स्तरको लक्ष्य दिएको थियो । दुई बल बाँकी हुँदा १० विकेटको क्षतिमा दक्षिण अफ्रिकाले २१२ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेबिड मिलरले शतकीय पारी खेले । उनले ११६ बलमा ५ छक्का र ८ चौकाको मद्दतमा १०१ रन जोडे । सुरुमै धरापमा परेको दक्षिण अफ्रिकाको इनिङ्सलाई मिलरले सम्हालेका थिए । तर जितका लागि त्यो पर्याप्त भएन ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजी र तबरेज सम्सीले समान दुईदुई विकेट लिए भने कासिगो रबडा, केशव महाराज र एडेन मार्करमले एकएक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले समान तीन-तीन विकेट लिएका थिए भने जोश हेजलवुड र टेभिस हेडले समान दुईदुई विकेट हात पारेका थिए ।

पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । मंसिर ३ गते आइतबार हुने विश्वपको फाइनलमा अब अस्ट्रेलियाले भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : ४० बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र