१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

दक्षिण अफ्रिकालाइ ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

फाइनलमा अस्ट्रेलियाले भारतको सामना गर्ने



काठमाडौं । भारतमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमामा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले १६ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा २१५ रन बनाउँदै पूरा गरेको हो ।

अस्ट्रेलियाका लागि टेभिस हेडले ४८ बलको सामना गर्दै सर्वाधिक ६२ रन जोडे । स्टीवन स्मिथ ३०, डेभिड वार्नर २९, जोस इंग्लिसले २८ रन जोडे । यो विश्वकपमा दोहोरो शतक प्रहार गर्दै चर्चामा रहेका ग्लेन म्याक्सवेल भने दक्षिण अफ्रिका विरुद्ध ५ बलको सामना गर्दै एक रन बनाएर आउट भए ।

भारतको इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई मध्यम स्तरको लक्ष्य दिएको थियो । दुई बल बाँकी हुँदा १० विकेटको क्षतिमा दक्षिण अफ्रिकाले २१२ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेबिड मिलरले शतकीय पारी खेले । उनले ११६ बलमा ५ छक्का र ८ चौकाको मद्दतमा १०१ रन जोडे । सुरुमै धरापमा परेको दक्षिण अफ्रिकाको इनिङ्सलाई मिलरले सम्हालेका थिए । तर जितका लागि त्यो पर्याप्त भएन ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजी र तबरेज सम्सीले समान दुईदुई विकेट लिए भने कासिगो रबडा, केशव महाराज र एडेन मार्करमले एकएक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले समान तीन-तीन विकेट लिएका थिए भने जोश हेजलवुड र टेभिस हेडले समान दुईदुई विकेट हात पारेका थिए ।

पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । मंसिर ३ गते आइतबार हुने विश्वपको फाइनलमा अब अस्ट्रेलियाले भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : ४० बजे

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेका

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी