२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

इजरायलले दक्षिणी गाजामा पनि आक्रमण गर्ने, खाली गर्नका लागि पर्चा फालियो



तेलअहिब । इजरायल सरकारका क्याबिनेट सदस्यहरूले दक्षिण गाजामा भूमिमा युद्धका लागि समर्थन जनाएका छन ।

इजरायलको युद्ध मन्त्रिपरिषद्का दुई सदस्य र यसका एकजना पर्यवेक्षकले दक्षिणी गाजामा सेनाको भूमि आक्रमणको बिस्तारलाई समर्थन गरेका छन्, एक वरिष्ठ सुरक्षा अधिकारीले इजरायली मिडिया आउटलेट वाल्लालाई बताए ।

स्रोतका अनुसार रक्षा मन्त्री योभ गालान्ट, मन्त्री बेन्नी गान्ट्ज र इजरायली सेनाका पूर्व चिफ अफ स्टाफ गाडी आइसेनकोटले बन्दीहरूलाई रिहा गर्ने सम्झौतामा जारी वार्तालाई ध्यान नदिई सैन्य कारवाही अगाडि बढाउनुपर्नेमा जोड गरेका छन् ।

हालसम्म इजरायली सेना र प्यालेस्टिनी लडाकुहरू बीचको लडाई सहरको उत्तरमा मात्रै केन्द्रित छ । जसले लाखौं प्यालेस्टाइनीहरूलाई दक्षिणतिर भाग्न बाध्य पारेको छ ।

तर बिहीबार, इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसका केही क्षेत्रहरूमा पर्चाहरू खसालेका छन र त्यहाँका बासिन्दाहरूलाई सो क्षेत्र पनि खाली गर्न आदेश दिएका थिए ।

इजरायलले दक्षिणी क्षेत्रहरूमा आफ्नो बमबारी जारी राख्दा त्यहाँका बासिन्दाहरूलाई कहाँ भाग्ने अपेक्षा गरिएको थियो भन्ने स्पष्ट थिएन, जहाँ प्यालेस्टिनीलाई पहिले उनीहरूको सुरक्षाको लागि स्थानान्तरण गर्न आदेश दिइएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ३ : ५८ बजे

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको

लाहोर एयरपोर्टमा आगलागी : उडानमा ढिलाइ

लाहोर । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक