३० श्रावण २०८३, शनिबार | August 15, 2026

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ



नेपालगन्ज । बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगन्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए ।

“पहिले भारतको बाटो हुँदै नेपालगन्ज पुग्नु पर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ”, यादवले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि धेरै सहज भएको छ ।”

बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगन्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगन्जको पुष्पलाल चोकबाट पूर्वतर्फ १० किलोमिटर क्षेत्रमा हुलाकी सडक निर्माण भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगन्ज्का सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

उनका अनुसार राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटरमा एपिक्स कन्काई खड्का जेभीले रु ७६ करोडको लागतमा कालोपत्र गरिरहेको छ भने नेपालगन्ज–गुलरिया सडकखण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले काम गरिरहेको छ ।

नेपालगन्जको पुष्पलाल चोकबाट पूर्वतर्फको १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तार ज्ञानिश शारदा जेभीले रु १२ करोडमा गरिरहेको छ । तीनवटै हुलाकी सडकको काम तीव्रगतिमा भइरहेको इन्जिनियर पाण्डेको भनाइ छ ।

शनिबारमात्रै हुलाकी सडकको अनुगमन गरेकी नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपा शर्माले काम तीव्रगतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिइन् ।

उनले हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : २६ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।