३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

धारा नेपालगन्ज म्याराथन : नेपालगन्ज कनक्लेभ निकै रोचक हुनेछ – मोहना अन्सारी



नेपालगन्ज । अधिकारकर्मी नागरिक अगुवा मोहना अन्सारीले धारा नेपालगन्ज म्याराथन अन्तर्गत हुने कनक्लेभ– २०२३ को सफलताको शुभकामना ब्यक्त गरेकी छन् । कनक्लेभको मोडरेटर समेत रहेकी अन्सारीले कनक्लेभ सत्र निकै रोचक हुने विश्वास गर्दै आफुले नेपालका साहसिक महिलाहरुसँग सम्वाद गर्ने जनाएकी छन् ।

मंसिर ८ गते हुने नेपालगन्ज कनक्लेभमा अन्सारीको मध्यस्ततामा “आकाश–धर्ती बराबरीः महिला सशक्तीकरण” विषयक छलफल हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । आयोजकका अनुसार छलफलमा वक्ताका रुपमा महिला पाइलट भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधान र ओलम्पियन पार्वती थापा रहने छन् ।

म्याराथनको नवौं सृङ्खलाकारुपमा आयोजना हुने नेपालगन्ज म्याराथन अन्गर्ततको कनक्लेभमा भाग लिन विश्व प्रतिष्ठित फ्रान्सको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने अवसर पाउने पहिलो नेपाली कलाकारको परिचय बनाएकी अभिनेत्री सुरक्षा पन्त नेपालगन्ज आउने भएकी छन् ।
यही २०८० मंसिर ९ गते शनिबार आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन अभिनेत्री पन्त नेपालगन्ज आउने निश्चित भएको आयोजकले जनाएको छ ।

यसक्रममा म्याराथनको अघिल्लो दिन मंसिर ८ गते हुने नेपालगन्ज कनक्लेभमा पनि उनले सक्रिय सहभागिता जनाउनेछिन् । उनले ‘के पढ्ने के लेख्ने’ शीर्षकमा प्यानलिस्टका रुपमा सहभागी हुनेछिन् । नेपाली रङ्गकर्मीहरुमा अभिनेत्री पन्तलाई बौद्धिक अभिनेत्रीका रुपमा चिनिन्छ । चलचित्र उद्योगमा प्रवेश गर्नु अघि उनी सिभिल ईन्जिनियरको जिम्मेवारीमा थिइन् । उनले सिभिल इन्जिनियरिङमा स्नातक तथा एकिकृत पानी स्रोत व्यवस्थापनमा स्नात्तकोत्तर गरेकी छिन् ।

२०१५ मा आलोक नेम्वाङको चलचित्र ‘अझैपनि’बाट डेब्यु गरेकी पन्तले धनपति, गोपी, आमा लगायत चलचित्रमा अब्बल अभिनय पस्किसकेकी छिन् । इटालियन फिल्म आठ माउन्टेनबाट उनले अन्तर्राष्टिय फिल्ममा डेब्यु गरेकी थिइन् । उक्त फिल्मले कान्समा जुरी अवार्ड प्राप्त गरेको थियो । यही फिल्मबाट पन्तको पनि चर्चा चुलिएको हो ।

उनले चलचित्र ‘आमा’का लागि राष्ट्रिय पुरस्कार जित्न सफल भइन् । उनी कविता लेखनमा रुची राख्छिन् । उनले चलचित्रमा आउनुअघि विभिन्न टेलिभिजनमा भिडियो जक्की भइ मिडियाकर्मीको परिचय पनि स्थापित गरेकी थिइन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : १० बजे

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले