१८ श्रावण २०८३, सोमबार | August 3, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिँदै



काठमाडौं । छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिँदैछ । पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

३६ घण्टासम्म पानी समेत नखाई ब्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठी माताको पूजा आराधना गर्ने गरिन्छ ।

आइतबार साँझ ब्रतालु महिलाहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । मधेसका जिल्लाहरुमा मनाइने छठ पर्व बसाइँसराइसँगै काठमाडौंमा पनि पछिल्लो समय भव्यताका साथ मनाइन थालिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फूलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका थिए ।

छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ । विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख-समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ४३ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य