२९ मंसिर २०८२, सोमबार | December 15, 2025

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिँदै



काठमाडौं । छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिँदैछ । पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

३६ घण्टासम्म पानी समेत नखाई ब्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठी माताको पूजा आराधना गर्ने गरिन्छ ।

आइतबार साँझ ब्रतालु महिलाहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । मधेसका जिल्लाहरुमा मनाइने छठ पर्व बसाइँसराइसँगै काठमाडौंमा पनि पछिल्लो समय भव्यताका साथ मनाइन थालिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फूलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका थिए ।

छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ । विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख-समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ४३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती