२९ माघ २०८२, बिहिबार | February 12, 2026

प्रथम देवदह मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता मंसिर १५ गतेदेखि सुरु



बुटवल । रुपन्देहीको देवदहमा रहेको देवदह प्रेस क्लबले यही मंसिर १५ गतेदेखि प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’-भन्ने मूल नाराका साथ विभिन्न सञ्चारगृह तथा पत्रकारसम्बद्ध संस्थाहरुका बीच मैत्रीपूर्ण ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता हुने भएको हो ।

लुम्बिनी प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत सञ्चारकर्मीहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित ५१ हजार १११ रुपैयाँको पुरस्कार राशीसहित प्रतियोगिताको आयोजना गरिएको हो । विजेताले नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेता टिमले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । देवदह-५ पानबारी खेलमैदानमा मंसिर १५ देखि १७ गतेसम्म हुने नकआउट ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिताका डेढ दर्जन बढी समूहको सहभागिता रहने आयोजकको दाबी छ ।

हालसम्मकै ठूलो पुरस्कार राशी दाबी गरिएको मिडिया कपले पत्रकारको स्वास्थ्यसँगै स्वस्थ पत्रकारिताको लागि योगदान पुर्याउने मूल आयोजक समितिका संयोजक तथा देवदह प्रेस क्लबका अध्यक्ष बिष्णु पोखरेलले दाबी गरे । १२ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरपालिकासहित विभिन्न निजी तथा व्यवसायिक कम्पनीहरुसँग सहकार्य गरिने उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ४८ बजे

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र