२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

तिलोत्तमाको ड्राइभरटोलमा ट्रकले मोटरसाईकललाइ ठक्कर दिँदा २ जनाको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित ड्राइभरटोलमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उनीसँगै मोटरसाईकलमा सवारी एक महिलाको पनि दुर्घटनामा परी मृत्यु भएको हो ।

दुर्घटनामा परी माधव देवकोटा र मोटरसाईकलको पछाडी सवार यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले जानकारी दिए ।

मृत्यु हुने देवकोटा सहकारी अभियान्ता समेत हुन् । मृत्यु हुने महिला भने तिलोत्तमा नगरपालिका-२ जानकीनगर बस्ने यादा क्षेत्री रहेको डिएसपी थापाले जानकारी दिए ।

मोटरसाईकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । ठक्करबाट उनीसहित दुवैजनाको मृत्यु भएको डिएसपी थापाले बताए ।

लु ४९ प २२३० नम्बरको मोटरसाईकलमा सवार देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । त्यसक्रममा देवकोटालाई ना ६ ख ८१६१ ट्रकले पछाडीबाट ठक्कर दिएको स्थानीयले बताएका छन् ।

ट्रकको ठक्करले सडकमा पछारिएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो । मृतकहरु दुवैको शब मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १ : ५८ बजे

बाढीपहिरोले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ

नेपाल-चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ