४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिलोत्तमाको ड्राइभरटोलमा ट्रकले मोटरसाईकललाइ ठक्कर दिँदा २ जनाको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित ड्राइभरटोलमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उनीसँगै मोटरसाईकलमा सवारी एक महिलाको पनि दुर्घटनामा परी मृत्यु भएको हो ।

दुर्घटनामा परी माधव देवकोटा र मोटरसाईकलको पछाडी सवार यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले जानकारी दिए ।

मृत्यु हुने देवकोटा सहकारी अभियान्ता समेत हुन् । मृत्यु हुने महिला भने तिलोत्तमा नगरपालिका-२ जानकीनगर बस्ने यादा क्षेत्री रहेको डिएसपी थापाले जानकारी दिए ।

मोटरसाईकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । ठक्करबाट उनीसहित दुवैजनाको मृत्यु भएको डिएसपी थापाले बताए ।

लु ४९ प २२३० नम्बरको मोटरसाईकलमा सवार देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । त्यसक्रममा देवकोटालाई ना ६ ख ८१६१ ट्रकले पछाडीबाट ठक्कर दिएको स्थानीयले बताएका छन् ।

ट्रकको ठक्करले सडकमा पछारिएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो । मृतकहरु दुवैको शब मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको