२९ माघ २०८२, बिहिबार | February 12, 2026

आजको मौसम : चार प्रदेशमा आंशिक बदली रहने



काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ०९ बजे

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र