७ आश्विन २०८३, बुधबार | September 23, 2026

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् ।

उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज