२० बैशाख २०८१, बिहिबार | May 2, 2024

विश्व टेलिभिजन दिवसको अवसरमा सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना



बुटवल । विश्व टेलिभिजन दिवसको अवसरमा एलायन्स फर कम्युनिटी मिडिया नेपालले सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

नेपालका सामुदायिक टेलिभिजनहरुको साझा संस्थाको रुपमा रहेको एलायन्स फर कम्युनिटी मिडियाले देशभरका सामुदायिक टेलिभिजनहरुमा काम गर्ने पत्रकारबाट सामाजिक विकासमा टेवा पुग्ने गरि समाचार लेख्ने पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने जनाएको छ ।

१५ हजार राशिको उक्त पुरस्कार हरेक वर्ष विश्व टेलिभिजन दिवसकै अवसरमा प्रदान गरिएको एलायन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेले नेपालमा स्थापना भएका सामुदायिक टेलिभिजनहरुलाई संगठित गरी उनीहरुको क्षमता विकास र त्यहा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धीका लागि गठन गरिएको मिडियाले टेलिभिजनमा कार्यरत पत्रकारहरुको प्रोत्साहनको लागि पुरस्कार स्थापना गरिएको बताए ।

मिडियाका अध्यक्ष पाण्डेले विश्व टेलिभिजन दिवसको अवसरमा सम्पूर्ण टेलिभिजनकर्मीहरुलाई शुभकामना समेत व्यक्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : १७ बजे

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक