२१ माघ २०८२, बुधबार | February 4, 2026

ललितपुर प्रशासनद्वारा पुल्चोक क्षेत्रमा ६ महिनासम्म निषेधाज्ञा जारी



काठमाडौं । माइतीघर मण्डलादेखि नयाँ वानेश्वर क्षेत्रमा एक महिना सभा जुलुस गर्न काठमाडौं जिल्ला प्रशासनले रोक लगाएको भोलिपल्ट ललितपुरका विभिन्न क्षेत्रमा ६ महिनासम्म निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा भनिएको छ, ‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

मंसिर ७ गते दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा संघले एकै स्थानलाई लक्षित गर्दै प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार माइतीघर–नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ०९ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल