२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । एमालेले मंसिर १४ गतेदेखि सुरु गर्न लागेको मध्यपहाडी क्षेत्रको केन्द्रीत अभियानका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

एमालेले मंसिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सुरु गर्दैछ । सामाजिक सद्‌भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि भन्दै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गर्न लागेको हो । बैतडीको झुलाघाटबाट उद्‌घाटन हुने अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुने एमाले नेताहरुले बताएका छन् ।

यस्तै, भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौंमा गर्ने प्रदर्शन, पार्टीको आन्तरिक जीवन, देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ११ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ