२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बढ्यो धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशी, पहिलो हुनेलाई दुई लाख

मंसिर ८ गते नेपालमै पहिलो 'मेघा बहस' नेपालगन्ज कनक्लेभ हुने



नेपालगन्ज । आगामी मंसिर ९ गते नेपालगन्जमा आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशीमा वृद्धि गरिएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनमा यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको हो ।

आयोजक क्रियटिभ ह्याण्डसका अनुसार यस वर्षको नवौं धारा नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउने प्राप्त गर्ने छन् । दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५/५ हजारबाट पुरस्कृत गरिने छ । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।

हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५/५ हजार नगदले पुरस्कृत हुने आयोजक संस्थाका संस्थापक टिएस ठकुरीले बताए ।

त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिने ठकुरीले बताए ।

‘अझै केही सरप्राइज प्याकेजबारे निर्णय हुँदैछ, त्यो चाँडै घोषणा गरिनेछ ।’ उनले भने ।

ठकुरीका अनुसार नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गर्ने क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले जानकारी दिए ।

म्याराथनको अघिल्लो दिन मंसिर ८ गते आर्थिक, साहित्य, आधाआकाश, खेल सहितको बिभिन्न बिषयमा बहस (नेपालगन्ज कनक्लेभ) आयोजना हुने अध्यक्ष ठकुरीले बताए ।

एकैदिन नेपालको बिबिध ६ वटा एजेण्डामा विषयगत विज्ञहरुसँग बहस गरिएको यो नै पहिलो पटक भएको पत्रकार एवम् कनक्लेभको ‘नेपाली आख्यान : के पढ्ने के लेख्ने ?’ विषयका मोडरेटर जनक नेपालले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : ५५ बजे

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई