२७ भदौ २०८३, शनिबार | September 12, 2026

काठमाडौंमा ड्रोनबाट सुरक्षा निगरानी



काठमाडौं। आज हुन सक्ने सम्भावित दुर्घटनालार्इ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौं उपत्यकाको सडकमा परिचालन भएका छन् ।

नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेपछि युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दैछन् ।

सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका छन । जसका लागि उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ ।

प्रहरीका अनुसार ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गरिनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ०४ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी