३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नवौं धारा नेपालगन्ज म्याराथन : आज नेपालगन्ज कनक्लेभ



नेपालगन्ज । नेपालगन्जको मेघा उत्सवकारुपमा स्थापित नवौं धारा नेपालगन्ज म्याराथन आजबाट नेपालगन्जमा सुरु हुँदैछ । म्याराथन अन्तर्गत आज बिहान ९ बजेबाट विविध फरक विषयमा बहस (नेपालगन्ज कनक्लेभ) सुरु हँदैछ ।

नेपालगन्ज प्लानेटको सभाहलमा हुने कनक्लेभकालागि निर्धारित वक्ताहरु बिहिबार नै नेपालगन्ज पुगिसकेका छन् । कनक्लेभमा अर्थतन्त्र, साहित्य, खेलकुद्, युवा उद्यम र महिला सशक्तीकरणबारे विचार मन्थन गर्ने गरी कार्यक्रम तय गरिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

म्याराथनको अघिल्लो दिन नेपालगन्ज म्याराथनलाई एउटा उत्सवका रुपमा अघि बढाउन यसै वर्षदेखि म्याराथनसँगै नेपालगन्ज कन्क्लेभसमेत आयोजना गर्न लागिएको नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । उनले कन्क्लेभ म्याराथनको बौद्धिक वार्मअप भएको पनि बताए ।

कनक्लेभलाई नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको शृंखलाका रुपमा अघि बढाउन लागिएको कनक्लेभका मोडरेटर समेत रहेका पत्रकार नेपालले बताए । कनक्लेभमा खेलकुद् मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाबारे विचार विमर्श गरिने उनले जानकारी दिए ।

नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टर सहआयोजक र क्रियटिभ बुक्स साझेदार रहेको नेपालगन्ज कनक्लेभमा उद्यमशीलता, खेलकुद्, महिला सशक्तीकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र राखिएका छन् ।

पश्चिम नेपालः उद्यमशीलता, पर्यटन र रोजगारी विषयमा उद्योगी प्रदीप छाजेड, नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, भायानेटका सीईओ सेवा पाठक वक्ता रहने छन् । सो सेसनको मोडरेटर डा. ओम मिश्रले गर्नेछन् ।

त्यस्तै, खेलकुदसँग टुटेको कडीः शिक्षा, स्वास्थ्य र खेलकुद् विषयक छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय संचालक शशी स्वाँर, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, धाविका सन्तोषी श्रेष्ठ वक्ता रहने छन् । सो सेसनको सहजीकरण खेल पत्रकार प्रकाश तिमिल्सिनाले गर्नेछन् ।

यसैगरी, आकाश धर्ती बराबरीः महिला सशक्तीकरण विषयमा अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो नेपाली पाइलट क्याप्टेन भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधान, पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा वक्ता रहेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले यो सेसनको सहजीकरण गर्ने छिन् ।

साहित्यसम्बन्धी अर्को सेसन छ, नेपाली आख्यानः के पढ्ने रु के लेख्ने रु आख्यानकार नयनराज पाण्डे, सुबिन भट्टराई, यस वर्षका मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझा, अभिनेत्री सुरक्षा पन्त वक्ता रहने छन् भने पत्रकार जनक नेपालले यो सेसनको सहजीकरण गर्नेछन् ।

युवा उद्यमशिलतासम्बन्धी स्वदेशमै सम्भव छः युवा उद्यम र रोजगार विषयक छलफलमा हिमालय रिइन्स्योरेन्सका सीईओ उपासना पौडेल, युवा उद्यमी संघका अध्यक्ष सहारा जोशी, डल्फिन ग्रुपका डाइरेक्टर तीर्थ थापा र आईएमई ग्रुपका सचिन ढकाल वक्ता रहने छन् भने यो सेसनको मोडरेटर नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. नितेश कनोडियाले गर्ने छन् ।

नेपालगन्ज कनक्लेभको अन्तिम सत्रमा अभिनेता राजेश हमालसँग त्रिवि सहप्राध्यापक केशव सिग्देलको समाज, सिनेमा र साहित्यबारे संवाद हुने आयोजकले जनाएको छ ।

म्याराथनमा नेपालकै उत्कृष्ठ खाद्य उत्पादक केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ५७ बजे

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्

ओलीमाथि देउवाको आरोप – ‘आफुले गिरीबन्धु टी-स्टेटको जग्गा वेच्ने, कांग्रेसलाई दोष लगाउने!’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा

संसद बैठक अपरान्ह ४ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ

मदन र आश्रितप्रति एमाले नेताहरुको श्रद्धाञ्जलि

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन