६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार



धनगढी । इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् ।

इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ । “छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ ।” विपीनका बुबा महानन्दले भने–“नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस् ।”

जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपीनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । “भगवानसँग प्रार्थना गर्छु मेरो छोरो सकुशल मेरो काखमा आइपुगोस् ।” आमा पद्माले भनिन्–“ विपीन घर फर्किने बाटो कुरेर बसेका छौँ ।”

आजै परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग आज सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : २७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र