४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘महिलाहरुले साहसिककाम गर्नुपर्छ भन्ने होईन गर्न सक्छु भन्ने दृढता लिनु पर्छ’



‘नेपाली महिला युवामा सपना छैन, युवा महिलाको लक्ष्य नै बिबाहमा केन्द्रीत रहेको छ ।’
नेपालगन्ज । समाजमा क्रियाशील फरक फरक बिधाका महिला अगुवाहरुले महिलाहरुले पनि साहसिककाम गर्न सक्छौ भन्ने धारणा बनाउन सके धेरै सफलता हासिल गर्न सकिने बताएका छन् । नवौं धारा नेपालगन्ज म्याराथन अन्तर्गत नेपालगन्ज कनक्लेभको आकाश धर्ती बराबरी : महिला सशक्तिकरण विषयक बहसमा सहभागी महिला अगुवाहरुले विश्व समुदायमा नेपाल माग्नेहरुको देशका रुपमा चिनिनु दुखद भएको बताउँदै त्यस्तो धारणाको अन्त्य हुनुपर्ने बताए । उनीहरुले महिलाहरु अगाडी बढ्न सबै भन्दा पहिला घरपरिवारले वातावरण बनाइदिनुपर्ने धारणा राख्दै उनीहरुले छोरी मान्छे बाहिर हिँडे बिग्रन्छे भन्ने धारणा परिवर्तन गर्नुपर्ने बताए ।

कनक्लेभका आफ्नो धारणा राख्दै महिला पाइलट भावना पन्तले महिला सशक्तिकरणको शिक्षा पहिला घरबाटै पाउनु पर्ने बताइन् । घरेलु वातवरणबाटै आफू पाईलट हुन सकेको बताउँदै पाइलट पन्तले काम पुरूष वा महिलाको हुन्न भन्ने वातावरण घरले दिन सक्नु पर्ने बताइन् । आफनो बाबाको प्ररणाबाट आफु पाइलट हुन सकेको बताउँदै उनले सानोमा बुवा फ्लाईटबाट फर्कँदा क्याप लगाईदिएको बाल मनस्थितिले आफुले पाईलट बन्ने सपना बुन्न थालेको खुलासा गरिन्। पुरूषलाई र महिलालाई काम छुट्टाउने परिपाटीले महिलाहरू पाईलट पेशामा आउन ढिला भएको उनको धारणा छ ।

महिला पर्वतारेही पूर्णिमा श्रेष्ठले आफुले पुरूष भन्दा महिला कम छैनन् भन्ने सन्देश दिन खोजेको बताइन् । उनले साहसिककाम गर्नुपर्छ भनेर भन्दापनि गर्न सक्छु भनेर गर्दा सफलता हात पर्ने बताउँदै गर्न सक्छु भन्ने आत्मविश्वास लिएर असफल नभइने अनुभव सुनाइन् ।

नेपाली महिला युवामा सपना नभएको आरोप लगाउँदै उनले युवा महिलाको लक्ष्य नै बिबाहमा केन्द्रीत रहेको टिप्पणी गरिन् । ‘जोशको उमेरमा मन लागेको कुरा गर्नु पर्छ,’ उनले भनिन्, ‘सक्छु भन्ने दृढता लिए कडा काम पनि गर्न सकिन्छ । महिलामा जति पनि पीडा सहन सक्ने क्षमता हुन्छ ।’

विश्व समुदायमा नेपालीहरू त माग्ने हुन भन्ने धारणाा रहेको बताउँदै नेपालीले पनि प्रायोजन गर्न सक्छन् र ? भन्ने धारणालाई आफुले गलत साबित गरिदिएको बताइन् । आफुले आमाबुवासँग कुनै रकम नलिइ ६ वटा हिमालको आरोहण गरेको उनले सुनाइन् ।

मिस नेपाल श्वेच्छा प्रधानले आफू कसरी बलियो हुने भन्दा पनि म बलियो छु भन्ने आत्मविश्वासले आफुलाई मिस नेपाल बन्न प्रेरणाा दिएको बताइन् ।

मिस नेपालमा भाग लिँदा सौन्दर्य भन्दा पनि आत्मबलको विकास गर्ने अवसरकारूपमा आफुले भाग लिएको उनले बताइन् ।

ओलम्पियन पार्वती थापाले आफु आमा र दिदीको प्ररणाले खेल क्षेत्रमा आएको बताउँदै छोरीलाई खेल क्षेत्रमा लगाए बिग्रन्छे भन्ने धारणालाई चिर्न निकै मेहनत गर्नु परेको स्मरण गरिन् । भलिवलको खेलाडीलाई सुटिङ तर्फ लग्दा केही आशंका रहेपनि सुटिङ खेलले आफुलाई अन्तराष्ट्रिय खेलाडी बनाएको बताइन् । सुरुमा दाईले सुटिङ खेल्न जाउँ भन्दा, मैले कुन फिल्मको सुटिङ भनेर सोधेकी थिएँ । उनले विगत सम्झँदै भनिन् ।

खेलक्षेत्रमा लाग्दा समाजबाट आएका सम्पूर्ण प्रश्नको आफ्नो दिदीले जवाफ फर्काइदिएको उनले बताइन् । साधन र स्रोतको अभावमा पनि पदक जित्न सफल भएकोमा गर्व महसुस भएको बताउँदै उनले खेलाडीलाई अवसरसँगै श्रोत र साधन पाउन सके नेपालीहरुले राम्रो परिणाम ल्याउन सक्ने उनले बताइन् ।

कार्यक्रमको सहजिकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य एवम अधिकारकर्मी मोहना अन्सारीले महिलाहरुलाई एक्काइसौं सताब्दी पनि खुल्ला वातावरणमा काम गर्न बाधा पर्ने गरेको बताइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : १३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज