१२ बैशाख २०८३, शनिबार | April 25, 2026

आज नवौं धारा नेपालगन्ज म्याराथन : दौडँदै नेपालगन्ज, प्रथम हुनेलाई २ लाख

म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एकजना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराइने



नेपालगन्ज । नेपालगन्जमा ९ वर्षदेखि लगातार आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथन आज बिहान स्थानीय बिपी चोकबाट सुरु हुँदैछ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको नवौं सृङ्खला आज बिहान नेपालगन्जमा हुने भएको हो ।

म्याराथनमा भाग लिन नेपाली सिनेमाका महानायक राजेश हमाल, बौद्धिक नायीका सुरक्षा पन्त, महिला पाइलट भावना पन्त, महिला पर्वतारोही पूर्णिमा श्रेष्ठ, अधिकार कर्मी माहेना अन्सारी, उपन्यासकार नयनराज पाण्डे, मिस नेपाल श्रृच्छा प्रधान सहित चर्चित ब्यक्तित्वहरु नेपालगन्ज आइपुगेका छन् ।

यसवर्षको म्याराथनमा पुरस्कार राशीको बृद्धि सहित रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने छन् । उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीने लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ। धारा नेपालगन्ज म्याराथन, नेपाल र युकेबीच नेपालगन्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एकजना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउने समझदारी भएको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले बताए । लण्डन म्याराथन संसारकै ६ उत्कृष्ट म्याराथनमध्ये एक हो ।

आयोजक क्रियटिभ ह्याण्डसका अनुसार यस वर्षको नवौं धारा नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउने प्राप्त गर्ने छन् । दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५र५ हजारबाट पुरस्कृत गरिने छ । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।

हाफ म्याराथन९महिला०मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५र५ हजार नगदले पुरस्कृत हुने आयोजक संस्थाका संस्थापक ठकुरीले बताए ।

त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिने ठकुरीले बताए ।

ठकुरीका अनुसार नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गर्ने क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले जानकारी दिए ।

म्याराथनमा नेपालकै उत्कृष्ठ खाद्य उत्पादक केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ०८ बजे

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको