१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै



ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो ।

“ चलचित्र प्रेम-कथानक भए पनि अघिल्ला भन्दा फरक छ । प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ । यसमा प्रेम कथासँगै अन्य विषय पनि समावेश गरिएको छ”, अभिनेता केसीले भने ।

निर्देशक सुयोग गुरुङले अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने जानकारी दिए । उनले भने, “युवापुस्ताले खोजिरहेको विषयमा उहाँहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु । यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ ।”

चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नेछन ।

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछ भने किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठले सम्पादन गर्नेछन । चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ५५ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको