२७ भदौ २०८३, शनिबार | September 12, 2026

धारा नेपालगन्ज म्याराथनको उपाधी एपिएफका पार्कीलाई



नेपालगन्ज । नेपालगन्जमा ९ वर्षदेखि लगातार आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको उपाधी सशस्त्र प्रहरी (एपिएफ) का गोपीचन्द्र पार्कीले जितेका छन् । पार्कीले यसअघि छैठौ संस्करणको उपाधी पनि जितेका थिए ।

पार्कीले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधी जितेका हुन् । त्यस्तै सशस्त्र प्रहरी (एपिएफ)कै किरणसिंह भण्डारी तेस्रो भएका छन् ।

आयोजक क्रियटिभ ह्याण्डसका अनुसार यस वर्षको नवौं धारा नेपालगन्ज म्याराथनको विजेता पार्कीले नगद दुई लाख पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थान हासिल गरेका खड्काले एक लाख र तेस्रो स्थान हासिल गरेका भण्डारीले ५० हजार पुरस्कार प्राप्त गरेका छन । म्याराथनको उद्घाटन नेपालगञ्जका मेयर प्रशान्त विष्ट र महानायक राजेश हमालले गरेका थिए।

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले जितसँगै ह्याट्रिक गरेकी छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ९५ मंसिर २०६३० स्मरणमा नौ वर्षदेखि आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको नवौं श्रृङ्खला आज बिहान नेपालगन्जको बिपी चोकबाट सुरु भएको म्याराथन कोहलपुर चोक परिक्रमा गरी फकिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १२ : १५ बजे

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको