१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धारा नेपालगन्ज म्याराथनको उपाधी एपिएफका पार्कीलाई



नेपालगन्ज । नेपालगन्जमा ९ वर्षदेखि लगातार आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको उपाधी सशस्त्र प्रहरी (एपिएफ) का गोपीचन्द्र पार्कीले जितेका छन् । पार्कीले यसअघि छैठौ संस्करणको उपाधी पनि जितेका थिए ।

पार्कीले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधी जितेका हुन् । त्यस्तै सशस्त्र प्रहरी (एपिएफ)कै किरणसिंह भण्डारी तेस्रो भएका छन् ।

आयोजक क्रियटिभ ह्याण्डसका अनुसार यस वर्षको नवौं धारा नेपालगन्ज म्याराथनको विजेता पार्कीले नगद दुई लाख पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थान हासिल गरेका खड्काले एक लाख र तेस्रो स्थान हासिल गरेका भण्डारीले ५० हजार पुरस्कार प्राप्त गरेका छन । म्याराथनको उद्घाटन नेपालगञ्जका मेयर प्रशान्त विष्ट र महानायक राजेश हमालले गरेका थिए।

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले जितसँगै ह्याट्रिक गरेकी छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ९५ मंसिर २०६३० स्मरणमा नौ वर्षदेखि आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको नवौं श्रृङ्खला आज बिहान नेपालगन्जको बिपी चोकबाट सुरु भएको म्याराथन कोहलपुर चोक परिक्रमा गरी फकिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १२ : १५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्