२२ भदौ २०८३, सोमबार | September 8, 2026

धम्बोझीमा भएको दुर्घटनामा मृतक किशोरीको सनाखत, नेपालगन्ज-१७ की सालिनी पाठकको मृत्यु



नेपालगन्ज । नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा मृत्यु भएकी किशोरीको सनाखत भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकको जेब्रा क्रसिङमा ट्याङ्करको ठक्करबाट नेपालगन्ज १७ की १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले सोही दीशाबाट आउँदै गरेको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार पाठकको मृत्यु भएको हो । ठक्करबाट पाठकका बुवा दिलीपकुमार पाठक घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले बताए । ठक्कर लगत्तै उद्धार गरि अस्पताल पठाइएकोमा चिकित्सकले किशोरी पाठकलाई मृत घोषणा गरेको उनले बताए ।

दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ०३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार