९ श्रावण २०८३, शनिबार | July 25, 2026

अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अवरोध, १०९ पक्राउ



सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् ।

सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् ।

जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ । अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ ।

सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो । अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३० घण्टाको नाकाबन्दीमा भाग लिएका थिए ।

तर दर्जनौं प्रदर्शनकारीहरू विरोध पानीमा नै रहेर बिरोध गरी अबरोध गरे पछि १०८ जनलाइ गिरफ्तार गरिएको थियो, जसमा पाँच नाबालिग पनि समावेश रहेका छन, जसलाई पछि रिहा गरियो । सोमबार न्यू साउथ वेल्स पुलिसको एक बयान अनुसार, बन्दरगाह च्यानल छोड्न अस्वीकार गरेको १०२ जनालाई आरोप लगाइएको छ ।

‘मैले मेरा नातिनातिना र भावी पुस्ताका लागि यो गरिरहेको छु,’ प्रदर्शनमा रहेका ९७ वर्षीय एलन स्टुअर्टले भने, ‘हाम्रो निष्क्रियताको नतिजा उनीहरूले भोग्नुपर्नेमा म धेरै दुःखी छु । त्यसैले, म जे गर्न सक्छु त्यो मेरो कर्तव्य हो भन्ने लाग्छ ।’

बिहीबार दुबईमा सुरु हुने वार्षिक विश्वव्यापी जलवायु परिवर्तन शिखर सम्मेलन कोप २८ भन्दा केही दिन अगाडि यो विरोध प्रदर्शन भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : ४५ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको