७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा गणतन्त्र विरोधीहरुबाट पछिल्लो दिनमा भैरहेका आन्दोलन र गतिविधि, संक्रमणकालीन न्यायका लागि टीआरसी विधेयकको टुंगो, लगायत समसामयिक घटनाक्रममा छलफल भएको बताइएको छ ।

प्रमुख राजनीतिक दलहरु जनआन्दोलनका उपलब्धी गणतन्त्र र संविधान जोगाउने विषयमा एकमत छन् ।

प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स यूएईको दुबई जानुअघि ओलीसँग भेट भएको हो ।

प्रचण्ड भोलि दुबई जाँदैछन् । यस्तै, एमालेअध्यक्ष ओली पनि मध्यपहाडी लोकमार्ग पदयात्रामा मंगलबार नै निस्कँदैछन् ।

भेटअघि प्रचण्डले ओलीलाई पुनर्निर्माण भएको सिंहदरबारको पश्चिमतर्फको भवनको अवलोकन गराएका थिए । भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११